April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ

झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई शनिबार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेऊबाट चार ग्राम ब्राउनसुगरसहित र सार्कीलाई सोही दिन अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।rss

शीर्ष समाचार

धेरै पढिएको