July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

देउवाद्वारा भारतप्रति आभार व्यक्त

युक्रेनमा रहेका नेपालीलाई उद्दार गर्न सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई धन्यवाद दिएका छन् ।प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय सरकारलाई धन्यवाद दिएको हो ।

भारतले युक्रेनमा रहेका भारती नागरिकको उद्दार गर्ने क्रममा ४ जना नेपालीलाई पनि उद्दार गरेको र ती नेपाली नेपाल आइपुगेको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी गराएका छन् ।

रसिया युक्रेन द्वन्द्वका कारण युक्रेनमा रहेका नेपालीहरु पनि समस्यमा परेका छन् । उनीहरुलाई उद्दार गर्न तथा सुरक्षित राख्न नेपाल सरकारले विभिन्न तरिकाहरु कार्यान्वयन गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको