निर्वाचनको माध्यमबाटै पुनःसरकारमा आउने ओलीको दाबी

काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुग्दै गरेको बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनके निर्वाचनका माध्यमबाटै पुनःसरकारमा आउने दाबी गरेका हुन् ।
यसैगरी उनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् ।
उनले भने, “नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।”
राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पुर्याउनपर्नेमा सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस्