ग्राण्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

काठमाडौं, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । ग्राण्डीले सन २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
यसैगरी अस्पतालले मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा हो भएको बताएका छन् ।
उनले भने, “नेपालका विरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस्, स्वदेशमा नै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न पाईयोस् ।”
प्रतिकृया दिनुहोस्