April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

अभिनेत्री करिश्मा नेकपा प्रवेश गर्दै, अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौं, अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले बिहिवार बालकोट पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यसबारे कुरा गरेकी हुन् ।

उनले बिहिवार ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद नवराज सिलवाल र एमालेकै सांसद गंगा चौधरी सतगौंवासँगै गएर विहीबार अध्यक्ष ओलीसँग भेट गरेकी हुन् ।

ओलीले करिश्मालाई दश १२ कक्षा उत्तीर्ण गर्दा फोन गरेर बधाई दिएका थिए । त्यसपछि उनी बालकोट आवतजावत गर्न थालेकी थिइन् । पछिल्लो समय उनले ओलीको खुलेर प्रशंशा गर्दै आएकी छिन् ।

यसअघि ओलीलाई बालकोट पुगेर मानन्धरले भेटेकी थिइन् । भेटका क्रममा ओलीले एमालेमा आउन आग्रह गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको