थप ७७ जनामा कोरोना पुष्टि, ४२९ जना संक्रमणमुक्त

काठमाडौं, बिहिवार थप ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ३२८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी ४२९ जना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मङ्गलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।
प्रतिकृया दिनुहोस्