निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं, आगामी स्थानीय निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ । अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट स्वीकृत गरेको हो ।
गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरीका लागि बजेट माग गरेको थिए । अर्थ मन्त्रालयले म्यादी प्रहरीलाई ४० दिन बराबरको मात्र बजेट दिएको छ । गृह मन्त्रालयले भने ४५ दिनका लागि प्रस्ताव गरेको थियो ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग पनि एक लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी ५० दिनका लागि भर्ना गरिनुपर्ने प्रस्ताव गरेको थियो । म्यादी प्रहरीसहित समग्र निर्वाचन सुरक्षाका लागि प्रस्ताव गरिएको बजेट पनि व्यापक कटौती भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीका अनुसार अर्थबाट बजेट स्वीकृत भएको पत्र गृह मन्त्रालयसम्म आइपुगेको छ । सो पत्र प्रहरी प्रधान कार्यालयलाई पत्र प्राप्त हुने वित्तिकै म्यादी प्रहरी भर्नाका लागि विज्ञापन खोलिने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्