May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं, फागू पूर्णिमा सुरुवात भएको संकेत गर्दै आज वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ । बिहिवार बिहानको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो ।

मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने परम्परा चलन छ । सोही अनुसार हनुमानढोका दरबारको दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो ।

यसैगरी शुभसाइतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको