September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

अब एसईई परीक्षामा उमेर हद नलाग्ने

काठमाडौं, अब एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । शिक्षा मन्त्रालयका अनुसार विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्नेछ ।

यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरिएको बताएका छन् । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट हुने मन्त्रालयको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको