March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

सांकेतिक तस्वीर

संखुवासभा, संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो ।

डिएसपी लालध्वज सुवेदीका अनुसार उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको हो भने बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । हाल घटनास्थलमा उद्धारकार्य जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको