June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

सूचनामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसीबारे छलफल

काठमाडौं, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा छलफल भएको जनाइएको छ ।

यसैगरी भेटमा राजदूत एमसीसी कार्यान्वयनको बारेमा जिज्ञासा राखेका थिए । जवाफमा कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कार्यान्वयन गर्न अग्रसर रहेको बताएको स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको