April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

थप १९४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं, मंगलबार थप १९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६ हजार ३९४ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार छ हजार ६३८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १९४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३७६ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो । हाल देशभर नेपालमा हाल पाँच हजार ८७५ जना सक्रिय सङ्क्रमित छन् ।

शीर्ष समाचार

धेरै पढिएको