May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

महिलाविरुद्ध हुने भेद्भाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न प्रधानमन्त्रीको आग्रह

file photo

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको मूल समारोहमा यस्तो बताएका हुन् ।

उनले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरेका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश्यक रहेको बताए ।

यसैगरी उनले देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिए ।

उनले भने, “नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेद्भावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।”

शीर्ष समाचार

धेरै पढिएको