May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

एमालेको व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने ओलीको जिकिर

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको भन्दै एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

यसैगरी एमाले कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन् । जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

आज अन्तर्राष्ट्रिय नारी दिवसबारे बोल्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको