देश विकासका लागि महिला सशक्तीकरणकाे जरुरी छ : सबिना कार्की

सर्वप्रथम त आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे उपलक्ष्यमा संपूर्ण महिला दिदिबहिनीहरुलाई शुभकामना व्यक्त गर्दछु। अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष नेपालसहित विश्वभरमा मार्च ८ का दिन धुमधामका साथ मनाउने गरिन्छ ।

महिलाले पारिवारिक सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिक लगायत विभिन्न क्षेत्रमा झेल्नु परेको समस्या, त्यसको अवस्थाका, समाधान र अधिकारका लागि वकालत गर्ने र जागरुक बनाउने उद्देश्यले सन १९११ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउदैं आईएको पाइन्छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार र महिलाहरुलाई समान अधिकार ’ भन्ने भन्ने मुल नाराकासाथ महिला दिवस मनाइँदै छ । महिलाको लागि विभिन्न क्षेत्रमा समान पहुँच,राज्यले महिलाहरुलाई पुरुषसरह समान अधिकार र व्यवस्था गर्नुपर्ने भन्दै विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द गर्ने महिलाहरुलाई अघि बढ्न प्राेत्साहन गर्ने विशेष दिनको रुपमा मार्च ८ लाई लिने गरिएको छ। महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात विश्वमा महिलाका लागि अनन्त सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले गर्दा पनि आज साेचे जति महिलाहरु अघि बढ्न पाएका छैनन् ।

महिला सशक्तीकरण

महिलालाई श्राेत साधन र अधिकारले सुदृढ,सशक्त वा सबल पार्ने कार्यलाई महिला सशक्तीकरण भन्निन्छ । संसारमा पुरुषहरुकाे तुलनामा महिला सशक्तीकरणबाटनै शान्ति सद्भाव र विश्वकाे समग्र विकास गर्न सकिन्छ । महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलारूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकासका कार्यक्रमहरू संचालनगरी बिभेदकारी कानुनहरू हटाई हरेक छेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई वृद्धि गर्न सक्नुनै महिला सशक्तिकरण हो विश्वमा महिलाकाहरुका लागि अनन्त सम्भावनाहरु रहेका छन् तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल केहि कमजोर भएकोले राज्य र अन्तर्राष्ट्रिय निकायकाे सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुन्छ । तर यसमा राज्यको पहिलो विषय हुनुपर्छ । महिलाको क्षमता वृद्धि विकास र सबलिकरणको पक्षमा काम गर्दै आएका संघ संस्थाहरु गाउँको कुना कुनामा पुगि महिला सशक्तीकरणमा राज्यले के कस्तो सुविधाहरुकाे व्यवस्था गरेकाे छ र त्यसबाट लिन सकिने फाइदाका बारे थाहा दिइनुपर्दछ । र देशको सम्पूर्ण महिला शक्तिहरु मिलि राज्यका अंङ्गहरुमा पुरुष सरह सहभागीता जनाउन सके देशकाे विकास तिव्र हुने निश्चित छ ।

इतिहास ८ मार्च महिला दिवस

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो भन्ने हामी पाउछाै। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनाएकाे थियाे। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो।

१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई वोट दिने अधिकार दियो। त्यस समय रुसमा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालिएकाे हाे ।

निष्कर्ष

नेपालमा हालकाे कुल जनसंख्या २ कराेड ९१ लाख ९२ हजार ४८० जना छन् जसमध्ये १ कराेड ४२ लाख ९१ हजार ३ सय ११ जना पुरुष रहेका छन् भने महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ जना रहेका छन् । देशको कुल जनसंख्यामा आधाभन्दा धेरै महिला हरु छन् यति धेरै संख्यामा रहेका महिलाहरुलाई राज्यले हरेक क्षेत्रमा जस्तो राजनीतिक क्षेत्रमा पुर्णतः सहभागी गराउने न्यायिक क्षेत्रमा,कार्यपालिका, बैंक तथा वितिय क्षेत्रमा लगायत सबैमा समावेश गराउन सके देश पुर्ण रुपमा विकास हुनेछ ।

महिलाले हरुले अधिकार हासिल गर्न शुरुआत गरेको समयलाई नै हेर्ने हाे भने करिब १ सय १५ वर्ष भित्रै विश्वका विभिन्न देशका महिलाहरु अघि बढि सकेका छन् । उत्तर काेरियामा पनि महिला राष्ट्रपति बने, नेपालमा दाेस्राे दुई पटक महिला राष्ट्रपति हुनुहुन्छ त्यसैगरी अमेरिकामा कृष्टिना काेच नासाका महिला इन्जिनियर अन्तरिक्षमा ३२८ दिन बिताएर पृथ्वीमा फर्कन सफल हुनुभयाे विश्वका अझै कतिपय देशहरुमा कार्यकारी महिला प्रधानमन्त्रीहरु हुनुहुन्छ लगायत थुप्रै महिलाका सफलता हुन् । महिला लाई हामीले अगाडि बढाउन सके सबै क्षेत्रमा छाेटाे सफलता हासिल गर्न सकिनेछ । त्यसकारण प्रत्येक घरका पुरुषहरुले आफ्नो घरका महिलाहरुलाई अघि बढ्न प्राेत्साहन गर्न सक्नुपर्छ ।