आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईँदै

काठमाडौं, आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिन्छ ।
सन् १९१० मा कोपेन हेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा पारेका असर र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा आज विशेष कार्यक्रम गरिँदै छ ।
समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० भन्दा बढी महिला पदयात्रा गर्दै यहाँ पुगेर जलवायु परिवर्तन र महिला न्यायका विषयमा कार्यक्रममार्फत राज्यका सम्बन्धित निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन थालिएको हो ।
प्रतिकृया दिनुहोस्