राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको उपलब्धि लगायतको प्रतिवेदन पेस

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आज शितलनिवास पुगेर राष्ट्रपति विद्या देवी भण्डारीलाई सरकारको काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन र सुरक्षा परिषद्को प्रतिवेदन पेस गरेका हुन् ।
प्रधानमन्त्री देउवाले संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयनको सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा सरकारले गरेको काम र प्राप्त उपलब्धि सहितको प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।
यसैगरी प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम सुरक्षा परिषदको आर्थिक वर्ष २०७७/०७८ सालको प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिकृया दिनुहोस्