September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

थप ६८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं, आइतबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण भएका ४ हजार ९२९ नमूनामध्ये ६८ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ भने ५३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । निको हुने दर ९८.१ प्रतिशत हो ।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ छ ।

शीर्ष समाचार

धेरै पढिएको