June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

तनहुँको हार्डवेयर गोदाममा आगलागी, करिब चार घन्टापछि नियन्त्रणमा,

तनहुँ, जिल्लाको व्यास नगरपालिका– ४ दमौलीको मुख्य चोकमा लागेको आगो चार घन्टापछि नियन्त्रणमा आएको छ । आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको उक्त आगो चार घन्टाको लामो प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीको यकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

यसैगरी आगलागीबाट चार–पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिका र पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकाेप्टरले आगो निभाउन सहयोग पुगेको थियो

आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको