September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

कोरोना दर घट्यो तर जोखिम कायमै

काठमाडौं, सरकारले कोरोना संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयक अनुसार पछिल्ला समय कोरोना संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको छ ।

तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारी बताउछन् ।

हाल विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको