संसद भंग गरेर निर्वाचनमा जानुपर्छ: माधव नेपाल

कामाठाडौं, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
विगत लामो समयदेखि एमालेले लगातार संसद् अवरोध गरेपछि यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने अध्यक्ष नेपालको भनाई हो ।
आज (आइतबार) संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘संसद्मा केपी ओली कति सहने ? एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’
यसैबीच नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भने अर्ली ईलेक्शनको कुनै सम्भावना नरहेको टिप्पणी गरे । उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भन्दै अब अर्ली ईलेक्शनको सम्भावना नरहेको बताएका हुन् ।
यसैगरी पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्ता गठबन्धनका नेताहरु अर्ली इलेक्सनको लागि गृहकार्यमा जुटेको जानकार बताउँछन् ।
प्रतिकृया दिनुहोस्