May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

प्रधानन्यायाधीश विरुद्वको महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन गर्ने

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको हो ।

प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधिसभा नियमावाली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको