आइतबार प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसुचि
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २१

काठमाडौं, आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ । भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले शनिबार सो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।
सम्भावित कार्यसूचीमा वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
यसैगरी बैठक अघि आइतबार बिहान साढे ११ बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन् ।
प्रतिकृया दिनुहोस्