June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

प्रदेश नम्बर १ को नाम ‘कोसी’ राख्नुपर्ने ओलीको धारणा

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोसी’ राख्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । शनिबार गृह जिल्ला झापामा शनिबार प्रेस चौतारीको प्रदेश अधिवेशन उद्घाटन समारोहमा यस्तो बताएका हुन् ।

१ नम्बर प्रदेशको पहिचान सहितको नाम कोसी नामकरण गर्न उपयुक्त हुने उनको भनाई छ । उनले भने, ‘पहिचान, इतिहास र सभ्यताको कुरा गर्ने हो भने कोसी भन्दा उपयुक्त नाम अरु हुन नसक्नु पर्ने हो।’

यसैगरी सगरमाथा, कञ्चनजंघा, मकालु सबैलाई प्रतिनिधित्व गर्ने नाम कोसी भएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको