May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, ३६३ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजार २२० जनाको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार २ हजार ६६२ पीसीआर परीक्षणमा ६७ जना र ३ हजार ५५८ एन्टिजेन विधिबाट गरिएको जाँचमा २४ जना संक्रमित देखा परेका हुन् ।

यसैगरी गत २४ घण्टामा ३६३ जना डिस्चार्ज भएको छ भने मृत्यु शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ मा झरेको छ । २४ घण्टामा २ लाख ८६१ जनाले खोप लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको