
काठमाडौं, नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको ब्याच लगाइदिएका छन् ।
संघीय संसद् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
यसैगरी शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको थियो ।








