April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एमाले अध्यक्ष ओली आज झापा जादैँ

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाने भएका छन् ।

एमाले नेता शेरबहादुर तामाङक अनुसार पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना सहयोद्धा सहकर्मीहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न अध्यक्ष ओली झापाको सुखानी जाने कार्यक्रम भएको हो ।

यसअघि वि.स. २०२८ मा प्रारम्भ भएको झापाली कम्युनिष्ट क्रान्तिका क्रममा पंचायती शासकबाट नेत्र घिमिरे, रामनाथ दाहाल,नारायण श्रेष्ठ वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गतेका दिन ईलाम र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरिएको थियो ।

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, सीपी मैनालीसँगै उनीहरु पनि झापा क्रान्तिमा समावेश भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको