थप १२६ जनामा कोरोना संक्रमण, एकको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २०

काठमाडौं, नेपालमा थप १२६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ८ हजार ९३३ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ३८५ संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्