September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

पल शाह प्रकरण: न्यायिक प्रक्रियामा असर पार्ने काम नगर्न आयोगको ध्यानाकर्षण

काठमाडौं, पछिल्लो समय पल शाह प्रकरणमा चुप बसेको राष्ट्रिय महिला आयोग अहिले बोलेको छ । आयोगले हिजो (बिहीबार) विज्ञप्ती जारी गर्दै धारणा सार्वजनिक गरेको हो ।

आयोगले राज्यको जिम्मेवार निकायबाट उजुरी तथा घट्नाको अनुसन्धान भैरहेको स्थितिमा जिल्ला प्रहरी कार्यालय, तनहुँ बाहिर प्रतिवादीके तर्फबाट हुल हुज्जत गरी स्वच्छ तथा निष्पक्ष अनुसन्धानलाई नै प्रभावित गर्ने, राष्ट्रको फौजदारी कानूनले अपराधीकरण गरेको विषयमा प्रस्तुत मुद्दाको पीडित नाबालिकाको चरित्रसँग दाँजेर अनावश्यक बहसचलाउने, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पीडितलाई झनै पीडा दिने तथा पीडितको परिचय खुल्ने र निजको सम्पूर्ण जीवनका सम्बन्धमा अनावश्यक टिप्पणीहरु दिई बालिकाको चरित्र हत्या गर्ने कार्य भएकोमा ध्यानाकार्षण भएको जनाएको छ ।

आयोगकी प्रवक्ता चमिला भट्टराईको नाममा जारी उक्त विज्ञप्तीमा भनिएको छ,‘यसरी एक नाबालिकाले आफूमाथि भएको अपराधको उजुर गरी जिम्मेवार निकायबाट अनुसन्धान भइरहेको अवस्थामा विभिन्न माध्यमबाट न्यायिक प्रक्रियालाई असर पार्ने तथा पीडितमाथि मानसिक हिंसा र दबाब सिर्जना गर्ने कार्य भएकोले सो कार्यहरु कानून विपरित रहेको हुँदा यस घट्नाबारे तदारुकता साथ सत्य–तथ्य छानबिन गरी यस्तो कार्य हुन नदिन र पीडितलाई न्याय दिलाउन राष्ट्रिय महिला आयोग सम्बन्धित निकायलाई ध्यानाकार्षण गराउँछ ।’

शीर्ष समाचार

धेरै पढिएको