June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

स्थानीय निर्वाचनका लागि सरकारबाट ८ अर्ब बजेट सुनिश्चितता

काठमाडौं, स्थानीय तहको निर्वाचनका लागि सरकारबाट ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गर्ने भएको छ ।

निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो ।

यसैगरी फागुन २० देखि २६ गतेसम्म सञ्चालन मतदाता नामावली अद्यावधिक गर्न सकिने पनि आयोगले जनाएको छ । सो समयसम्म मतदाता परीचयपत्रमा त्रुटि सच्याउन निवेदन दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन सकिने छ ।

शीर्ष समाचार

धेरै पढिएको