February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

थप १०५ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं, बिहीवार नेपालमा थप १०५ जना नयाँ कोरोना संक्रमीत थपिएका छन् । जम्मा ४ हजार ९२४ जनाम गरिएको परिक्षणबाट सो संख्यामा संक्रमित पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२० जना कोरोना निको भई डिस्कस् भएका छन् । हालसम्म निको हुनेको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ । गत २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४४ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको