बाह्रबिसेका वडअध्यक्ष तामाङद्वारा कांग्रेस परित्याग, पार्टीकै नेताले पेलेको आरोप

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२ का वडाअध्यक्ष नेपाली कांग्रेसका नेता बमबहादुर तामाङले कांग्रेस छाडेका छन् । बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दे उनले कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।
यसैबीच उनीसहितका केही कांग्रेसका नेताहरू एमालेमा प्रवेश गर्ने समेत तयारीमा छन् । उनले विज्ञप्तमा २०४६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेर कांग्रेसमा आबद्ध भएका तामाङले पार्टीभित्र ‘पेलानको राजनीतिक’ सुरु भएपछि कांग्रेस छाडेको बताएका छन् ।
माओवादी द्वन्द्वकालमा आफू अविचलित रहँदा गोली हानेर घाइते बनाए पनि हाल कांग्रेसका नेताहरूले आफूहरूलाई पेलेको उनको आरोप छ ।
यसैगरी स्थानीय निर्वाचनमा विजय भएर कांग्रेसको नीति सिद्दान्त अनुसार दिनरात नभनी काम गरेपनि पार्टीका नेताहरुले कहिले पनि जस नदिने, सार्वजनिक स्थानमा समेत अपमान गर्ने क्रियाकलप निरन्तर भइरहेको तामाङको भनाई छ ।
प्रतिकृया दिनुहोस्