विप्लव र एमाले नेता रावलबीच भेटवार्ता

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले नेता भीम रावलबीच भेटवार्ता भएको छ । पछिल्लो समय एमसीसीविरोधी नेताहरूलाई भेटिरहेका विप्लवले बिहिवार रावललाई पनि भेटेका हुन् ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का अनुसार भेटमा रावलसँग एमसीसी अनुमोदनपछिको राजनीतिक परिस्थितिबारे छलफल भएको हो ।
यसैगरी विप्लवले यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवाललगायतलाई भेट गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्