February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

सुर्खेतमा जारी निषेधाज्ञा हट्यो

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा हटेको छ । वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा बिहिवार बिहान ६ बजेबाट हटाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

गएको मङ्गलवार बेलुका ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।

गत सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि कर्फ्युसमेत लगाइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको