September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा नेपालको मतदान, भारत र चीन तटस्थ

काठमाडौं, संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार राती न्यूयोेर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो ।

यता भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट नगरि तटस्थ बसेको छ । सो प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका हुन् ।

उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् । राष्ट्रसंघमा १९३ सदस्य मुलुकहरू छन् ।

प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ (४) को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।

यस्तै प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको