September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

क्यानडा,बेलायतदेखि अष्ट्रेलिया समेत युक्रेनको पक्षमा

रुसले युक्रेनमाथि हमला गरेको सातौं दिन पुगेको छ । युक्रेनका मुख्य शहरहरुमाथि रुसले नियन्त्रण बनाउने देखि भिषण हमला जारी राखेको छ ।

युक्रेनको वर्तमान सत्ताले कुनै हालतमा आत्मसमर्पण नगर्ने जनाइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमोर जिलेन्स्कीले आफ्नो देश अक तटस्थ नरहन सक्ने भन्दै यूरोपेली युनीयनको सदस्यताका लागि आग्रह गरेका छन् । उनले अमेरिकासहित पश्चिमा देशहरुबाट सहयोग मागेबमोजिम पाउन थालेका छन् ।

रुस र युक्रेनबीचको युद्धले विश्वका शक्तिशाली देशहरु नै विभाजित हुने अवस्था बनेको छ । कुन देश कतातर्फ भन्ने चासो बढेको छ ।
अमेरिका, बेलायत, यूरोपेली यूनीयनका देशहरुका अलावा जापान, अष्ट्रेलिया र क्यानडाले युक्रेनलाई साथ दिएका छन् । उनीहरुले हतियार समेत पठाएका छन् ।

रुसलाई पूर्व सोभियत संघका बेलारुस, काजिकिस्तान, अजरबैजानलगायत देशको साथ छ । सिरिया, क्युबा, निकारागुवा पनि रुसको पक्षमा छन् ।चीन, भारतलगायत एशियाका अधिकांश देशहरु तटस्थ भूमिकामा छन् । मध्यपूर्वका साउदी अरेबिया, कतारलगायतका देश पनि तटस्थ बसेका छन् ।

तटस्थ देशहरु
चीन, भारत, पाकिस्तान, साउदी अरेबिया, टर्की, इजरायल, अफगानिस्तान, श्रीलंकालगायत विश्वका अधिकांश देशहरु

युक्रेनको पक्षमा देखिएका देशहरु
अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली सहित यूरोपेली युनीयनका देशहरु, स्वीटजरल्यान्ड, क्यानडा, अष्ट्रेलियालगायत अधिकांश पश्चिमा देशहरु, जापान

रुसको पक्षमा उभिएका देशहरु
बेलारुस, आर्मेनिया, काजिकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, क्युबा, इरान, उत्तर कोरिया, सिरिया, भेनेजुएला, निकारागुवा

दक्षिण एशियामा नेपालमात्र युक्रेनको पक्षमा उभिएको छ । बाँकी देशहरु तटस्थ भूमिकामा उभिएका छन् । नेपालले रुसले युक्रेनमाथि हमला गरेकोमा खुलेरै विरोध गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको