हालसम्म युक्रेनबाट चार सय नेपाली बाहिरिए

काठमाडौं, युक्रेनमा रुसी आक्रमणपछि युद्धग्रस्त बनेको बेला बुधबार साँझसम्म चार सय नेपाली बाहिरिएका छन् । जसमध्ये पोल्यान्ड सीमाक्षेत्रबाट मात्रै तीन सय २५ भन्दा धेरै बाहिरिएका छन् ।
हाल युक्रेनको राजधानी किभ, खार्किभ र ओडेसाबाट नेपालीहरू धमाधम पोल्यान्ड, हंगेरी, रोमानिया र स्लोभाकियाका सीमाक्षेत्रमा पुग्ने क्रम जारी छ ।
युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काक अनुसार नेपालीहरू सीमाक्षेत्रमा आउने क्रम जारी छ । बुधबार उनी पोल्यान्ड–युक्रेन सीमाक्षेत्र पुगेर स्थलगत अवस्था बुझेका थिए भने उनी अझै सीमाक्षेत्रमै छन् ।
उनले सञ्चारमाध्यमसँग भने, ‘म सीमाक्षेत्र मेडिकामा आइपुगेको छु । बुधबार राति करिब १० बजेतिर राजदूत खड्काले टेलिफोनमा भने, ‘पासपोर्ट भएकाहरूलाई पोल्यान्ड प्रवेश सहजै दिइएको रहेछ, तर ट्राभल डकुमेन्ट मात्रै भएकालाई केही सोधपुछ गरेर छाडिदिने रहेछन् ।’
यसैगरी मेडिका सीमाक्षेत्रबाट पोल्यान्ड प्रवेश गर्ने नेपालीको संख्या भने न्यून रहेको उनले । राजदूत खड्काको भनाइ थियो, ‘अहिले भिडभाड पनि कम हुँदै गएको रहेछ । विभिन्न समूहमा नेपालीहरू? आउनुभएको छ । पोल्यान्ड पुगेपछि उहाँहरूले चाहेको गन्तव्यमा जान कुनै अप्ठ्यारो रहेनछ ।’
एनआरएनएले नेपालीलाई उद्धार गर्न सीमाक्षेत्रमा बस राखे पनि त्यो सुविधा प्रयोग गर्नेको संख्या पनि न्यून रहेको राजदूत खड्काले बताएका छन् ।
प्रतिकृया दिनुहोस्