June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

एमसीसी कार्यान्वयन हुनुपर्छःअध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भएकाले अब कार्यान्वयनमा जानुपर्ने बताउनुभएको छ ।

एमसीसी पारित भएपछि उठेका विषयमा जानकारी दिन काठमाडौंमा मंगलबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

‘प्रक्रियाबाट पारित भएपछि अब कार्यान्वयनमा जानुको विकल्प छैन,’ उहाँको भनाइ छ, ‘राष्ट्रिहितको पक्षमा कसरी कार्यान्वयमा हुन्छ हेर्न बाँकी छ । एमसीसी विकासको पक्षमा होस् ।’

अध्यक्ष ओलीले एमालेलाई प्रक्रियाबाट बलजफ्ती बाहिर राखेर एमसीसी पारित गरेको उल्लेख गर्नुभयो ।तत्कालिन सरकारले एमसीसी संसदमा प्रस्तुत गरे पनि सभामुखले छलफल हुनबाट रोकेको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै गलत मनसायका कारण एमसीसी सम्झौता झण्डै तीन वर्षदेखि अनावश्यक ढङ्गले गिजोलिएको उल्लेख गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको