February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

थप १८० जनामा कोरोना पुष्टि,१ जनाको मृत्यु

काठमाडौं,गएको २४ घण्टामा नेपालमा १८० जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ३४१ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ११९ जना र एन्टीजेन परिक्षण विधीबाट६१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । थप ४०० जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.९ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९३६ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको