एमसीसी संसदबाट अनुमोदन
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ ।

लामोसयदेखि सदनमा थाँती रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र व्याख्यामत घोषणा बहुमतले अनुमोदित भएको छ ।
सो प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । सभामुखले ध्वनिमतका आधारमा प्रस्ताव पारित गरेका हुन्।सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमाेदन गरेको हाे ।
व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमतिले सत्तारुढ गठबन्धन टुट्नबाट जोगिएको छ ।
प्रतिकृया दिनुहोस्