September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

रुसी क्षेप्यास्त्रद्वारा युक्रेनको भासीलकीभको तेल डिपोमा आक्रमण

युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएर अर्को रात कटाइरहँदा किएभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन्।एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ।उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन्

भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ।

एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको छ।शनिवार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन्।हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ।

शीर्ष समाचार

धेरै पढिएको