February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं, आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान साढे ११ बजे कार्यव्यवस्थाको बैठक बोलाएका हुन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने बैठकले एमसिसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्ने तयारी रहेको छ । बैठकमा सभामुखले एमसिसीमा सैद्धान्तिक छलफलका विषयमा दलीय सहमति खोज्नेछन् ।

यस्तै सैद्धान्तिक छलफल सकिएपछि संशोधनको समय नहुने हुँदा आजै अर्को बैठक बसेर दफाबार छलफल गराउन सरकारले प्रस्ताव गर्ने सम्भावना छ ।

शीर्ष समाचार

धेरै पढिएको