May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

युक्रेनका राष्ट्रपति पक्राउ गर्ने रुसी योजना विफल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह गरेका छन्।“हामीले योजना असफल बनाएका छौँ,” जेलेन्स्कीले भने।युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्।

आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाइ छ।अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।

किएभमा साँझ ५ बजेदेखि कर्फ्यू

किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेका छन्।

यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो।ट्विट गर्दै क्लित्स्कोले भनेका छन्, “कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानिनेछ।”

शीर्ष समाचार

धेरै पढिएको