
खाडिचौर, बलेफि गाउँपालिका ६, मांखाका ३५ वर्षीय नारायण पराजुली साउन १७ गतेदेखि वेपत्ता भएका छन् ।
उनी साउन १७ गते घरबाट काठमाडौं जान भनि हिडेको र साढे नौ तिर मांखाबाट अँधेरी दुध बोक्ने गाडीबाट उत्रिएपछि वेपत्ता भएको वडाध्यक्ष चरी बहादुर लामाले जानकारी दिएका छन् ।
उनको खोजी कार्य गरिदिन परिवारले स्थानिय प्रशासनमा पनि अनुरोध गरेका छन तर उनको अहिलेसम्म कुनै जानकारी प्राप्त गर्न सकेको छैन ।





