रुसले युक्रेनी सीमा पार गरिबम प्रहार गरेका छ

सहरनजिकै रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। बिहीवार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।
रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरेका छन्।
सो क्रममा उनले रुसले शुक्रवार सखारै थुप्रै आक्रमणहरू गरेको पुष्टि गरेका छन्।
जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन्।

“यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ,” उनले भने।
“जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ।”
आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि उनले बताए।
प्रतिकृया दिनुहोस्