May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

हमलापछि युक्रेनले रुससँग सबै कूटनीतिक सम्बन्ध तोड्यो,हवाई सेवा बन्द

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले आफ्नो क्षेत्रमा रुसी हमलापछि रुससँगको सबै प्रकारको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् ।खबरका अनुसार युक्रेनमा सर्वसाधारण र लड्नमा सक्षम सबैलाई हतियार उठाउन अपिल गरिँदै छ ।युक्रेनको सरकारी मिडियाकाअनुसार राष्ट्रपति जेलेन्स्कीले आफूले हतियार उठाउन चाहने हरेक व्यक्तिलाई हतियार उपलब्ध गराउने बताएका छन् ।

पूर्वी युक्रेनबाट, बीबीसी संवाददाता

युक्रेनको पूर्वी हिस्सामा तनाव, अनिश्चितता र डरको माहौल छ । मानिसको अनुहारमा डर र त्रास देखिएको छ ।

युक्रेनको दोनेत्स्क क्षेत्रको कोस्तियनत्यानिवका इलाकामा पेट्रोल पम्पदेखि एटिएम मसिनमा मानिसको भीड देख्न सकिन्छ ।

यस्तै एक पेट्रोल पम्पमा आफ्नो गाडीमा तेल भर्दै गरेका सर्गेई बार्लिजले उनी आफ्नो परिवारसँग यो स्थान छोडेर जानका लागि तयार रहन चाहेको बताए ।

बार्लिजले यसो भनिराख्दा उनको गाडीको पछाडिको सीटमा उनकी श्रीमती आफ्नो नवजात बच्चासँग बसिरहेकी थिइन् ।हाम्रो भेट एक युवा आमा नतालिया र उनका दुई वर्षीया छोरीसँग भयो ।नतालियाले आफूले अघिल्लो रात बिस्फोट सुनेको बताइन् ।

उनी भन्छिन्, ‘यो निकै भयावह स्थिति हो । अब के होला, केही थाहा छैन । मलाई आफ्नी छोरीलाई स्कूलबाट घर लैजान फोन आएको थियो । सबै जनतालाई यस्तै सूचना दिइएको छ । अब हामी घरभित्रै बस्नुपर्नेछ ।’

युक्रेनले हवाई क्षेत्र बन्द गर्योः

रुसको तर्फबाट गरिएको यो हमलापछि युक्रेन स्टेट एयर ट्राफिक सेवाले आफ्नो देशको हवाई क्षेत्रलाई बन्द गरेको छ ।

रयान एयरले अबको १४ दिनका लागि युक्रेन जाने र युक्रेनबाट आउने सबै उडान रद्द गरेको जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको