May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

ओलीको कार्यकक्षमा प्रचण्ड,दोस्रो तहका नेताहरूसहित आकस्मिक छलफल

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा  एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो । देउवा निस्किएलगत्तै ओली र प्रचण्ड एक्लाएक्लै छलफल गरेपछि दुवै पार्टी दोस्रो तहका नेताहरूसहित छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष ओलीलाई भेटेर बाहिरिएपछि प्रचण्ड ओलीको कार्यकक्षमा पुगेका थिए ।

भेटमा अहिले एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट प्रचण्डका अलावा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।

शीर्ष समाचार

धेरै पढिएको