January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

थप ३१२ जनामा कोरोना पुष्टि,२ जनाको मृत्यु

काठमाडौं,गएको २४ घण्टामा नेपालमा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ६९३ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २५६ जना र एन्टीजेन परिक्षण विधीबाट ५६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप ९११ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९३० जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको