समीक्षाले दिइन् पल शाहविरुद्ध प्रहरीमा जाहेरी

नेपाली चलचित्रका नायक पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् । प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् ।
नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मानेकाेछ ।
प्रतिकृया दिनुहोस्