June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

थप ३८८ जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु

काठमाडौं,गएको २४ घण्टामा नेपालमा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार १४० जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २४७ जना र एन्टीजेन परिक्षण विधीबाट १४१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । थप १२०५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.६ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९२५ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको